काठमाडौं – बिश्व बजारमा सर्बाधिक रुचाईयको एप्पलले नयाँ डिभाइस सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
ब्लुमबर्गमा प्रकाशित एक लेखका अनुसार कम्पनीका १५ नयाँ डिभाइस सार्वजनिक हुने क्रममा छ । यस अन्तर्गत म्याक, आईप्याड, आईफोन, एप्पल टिभी देखि लिएर एप्पल वाचसम्म रहेका छन् । लेखका अनुसार २०२३ को अन्त्यमा एप्पलले एप्पल वाच सिरिज ९ को दुई नयाँ मोडेल, एप्पल वाच अल्ट्राको दोस्रो संस्करण र आईफोन १५ सिरिज सार्वजनिक गर्नेछ ।
यस्तै सन् २०२४ को सुरुवातमा कम्पनीले एमथ्री प्रो र एमथ्री म्याक्स चिप सहित नयाँ १४ र १६ इन्चको म्याकबुक प्रो सार्वजनिक गर्नेछ । साथै एमथ्री चिप सहितको १३ इन्चको म्याकबुक पनि सार्वजनिक हुनेछ ।
म्याकबुक एयरका दुई नयाँ २४ इन्चको मोडल पनि सार्वजनिक हुने बताइएको छ । कम्पनीले दुई नयाँ आईप्याड प्रो पनि सार्वजनिक गर्नेछ भने तेस्रो जेनेरेसनको एयरपड्स प्रो पनि बजारमा आउने तयारीमा छ ।
नयाँ फिचरसहित एप्पल टिभी पनि सार्वजनिक हुनेछ । यद्यपि एप्पलको भिजन प्रो हेडसेटको नयाँ मोडेल भने सन् २०२५ भन्दा अगाडि सार्वजनिक हुने बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar