काठमाडौं – बजाजका मोटरसाइकलमध्ये बजारमा सफल पल्सरका अल न्यु एनएस २०० र १६० को बुकिङ खुला भएको छ । आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले बुधबारदेखि बुकिङ खुला गरेको हो ।
बीएस–६ मापदण्डमा आधारित रहेर निर्माण गरिएका एनएस २०० र १६० भेरियन्टको बुकिङ खुला गरिएको बिक्रेता कम्पनीले सामाजिक संजालमार्फत जनाएको हो । कम्पनीले यसमा युएसडी फोर्क र डुअल च्यानल एबीएस उपलब्ध रहेको उल्लेख गरेको छ । साथै यसमा एफआई बीएस ६ इन्जिन, अपडेटेड कन्सोल रहेको छ ।
एनएस २०० को मूल्य ४ लाख १३ हजार ९०० रुपैयाँ र एनएस १६० को मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ तोकिएको छ । अलोय ह्वील पनि पहिले भन्दा हलुका रहेको छ भने फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक छ । पहिले बाइब्री क्यालिवर भएकोमा अहिले ग्रिमेकाको प्रयोग भएको छ भने ड्युअल च्यानल एबीएस स्ट्यान्डर्डको रुपमा रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar