काठमाडौं – निजी भ्रमणमा काठमाडौंमा रहेका चिनियाँ अर्बपति व्यापारी एवं उद्यमी ज्याक मा युनले कालीमाटी तरकारी बजारको अवलोकन गरेका छन् ।
बुधबार बिहान १० बजेर ३७ मिनेटमा कालीमाटी बजार परिसर पुगेका ज्याक मा ले १३ मिनेट बजराको अकलोकन गरेका थिए । ५ वटा कार र सुरक्षाका केही मोटरसाइकल सहित ज्याक मा टोली कालीमाटी बजारमा १० बजेर ३७ मिनेटमा पुगेको थियो ।
बजार विकास समितिको अगाडि रहेको पार्किङमा केही गाडी रोकिएका थिए भने ज्याकमा सवार कार कृषक होल्डिङ यार्डमा पुगेको थियो । डेनिस चेन, वु मिङ, पौल ज्याक्सन, चेन सी, किम एल्गार्ड, जिउलिया लि निङ र पेइ वाङकका साथमा ज्याक मा कालीमाटी पुगेका थिए ।ज्याक मा बजारमा किन गएका थिए भन्नेबारे स्पष्ट जानकारी आएको छैन । कारमा आएको र कारबाटै बजार अवलोकन गरेर फर्केको प्रत्यक्षदर्सीले बताएका छन् । विश्वको ठूलो मध्येको एक इ–कमर्स कम्पनी अलिबाबाका सहसंस्थापक ज्याक मा मंगलबार काठमाडौं आइपुगेका हुन् ।
चीनबाट बंगलादेशको ढाका हुँदै उनी नेपाल आएका थिए । चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बारमा रहेका उनी विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन् ।
फेब्र्सकाअनुसार ज्याक मा २३.५ बिलियन अमेरिकी डलरका धनी छन् । विज्ञान र कलामा स्नातकसम्म अध्ययन गरेका उनी ५८ वर्षका मात्रै भए । इ–कमर्स बिजनेसमा आउनु अघि उनी ह्वाङजाउमा अंग्रेजी विषयका शिक्षक थिए । उनले अलिबाबा नामक इ–कमर्स कम्पनी १९९९ मा स्थापना गरेका थिए । अलिबाबाको लगानीमा नेपालमा दराज नामक अनलाइन इ–कमर्स प्लेटफर्म सञ्चालनमा रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar