एजेन्सी– कोलम्बिया सरकारले अमेजनको जङ्गलबाट ४० दिनपछि चार बालबालिकाको जीवितै उद्धार गर्ने टोलीलाई राष्ट्रिय सम्मान गरेको छ ।
यो उद्धार अभियानलाई ‘अपरेसन होप’ नाम दिइएको थियो । उद्धारमा संलग्न सैनिक र अन्य सदस्यलाई ‘अर्डर अफ बोयाका’ अवार्ड दिइएको अलजजिराले जनाएको छ ।
सम्मान समारोहमा राष्ट्रपति गुस्ताभो पेट्रोले पदक एउटा प्रतीक मात्रै भएको र वास्तविक पुरस्कार जीवन जोगाउनु रहेको बताए ।
उद्धारमा संलग्न सेनाको ‘स्निफर डग’ ‘विल्सन’लाई पनि सम्मान गरिएको थियो । यो कुकुर जङ्गलबाट बालबालिकाको उद्धारपछि अमेजनमा नै हराएको थियो । कुकुरलाई खोजी गर्न पनि अपरेसन शुरु गरिएको छ । उद्धार कार्यका प्रमुख जनरल पेड्रो सान्चेजले ६ वर्षीय ‘डग विल्सन’को सम्झनामा स्मारक निर्माण गरिने बताए ।
अमेजन जङ्गलमा विमान दुर्घटना हुँदा हराएका चार जना बालबालिकालाई ४० दिनपछि जीवितै भेटिएको थियो । तेह्र, नौ, चार र एक वर्षका ती बालबालिका सहोदर भाइबिहिनी हुन् । जीवितै उद्धारको यो घटनाले विश्वलाई नै चकित पारेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar