काठमाडौं– भक्तपुरस्थित शिवशिखर सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई भारतको मुम्बइमा पक्राउ गरी नेपाल ल्याएको छ ।
शर्मामाथि सहकारीमा रहेको सर्वसाधारणको १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेको छ । मुम्बईस्थित एक प्रान्तीय सांसदको घरमा लुकेर बसेको अवस्थामा उनी पक्राउ परेको सीआईबी स्रोतले बताएको छ ।
भक्तपुरमा शिवशिखर सहकारी सञ्चालन गर्दै आएका शर्माले नै मोरङमा तुलसी सहकारी संस्था खोलेका थिए । सहकारीमा राखेको बचत फिर्ता नपाएपछि सर्वसाधारणले प्रहरीमा उजुरी दिएका थिए ।
मोरङस्थित तुलसी सहकारीमा निक्षेप हिनामिना भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । दुवै सहकारीका बचतकर्ताको ठूलो रकम उनले कानुन विपरीत आफ्ना विभिन्न कम्पनी तथा फार्महरूमा लगानी गरेको भेटिएको प्रहरीले जनाएको छ ।
बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दा नदिएपछि उनी र सञ्चालकविरुद्ध सहकारी विभाग र सीआईबीमा उजुरी दिएका थिए ।
सीआईबीले बचत गरेको रकम हिनामिना गरी नदिएको भएमा प्रमाणसहित ब्युरोमा सम्पर्क गर्न बचतकर्तालाई अनुरोध गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar