एजेन्सी– भारतको मणिपुरमा दुई महिनादेखि तनावग्रस्त रहेको राज्यमा सुरक्षा बलले कारबाही तीब्र बनाएको छ ।
राजधानी इम्फालमा बसोबास गर्ने मैतेई समुदाय र राजधानी बाहिर बस्ने आदिवासी समुदायबीचको दंगाका कारण अशान्त र तनावग्रस्त रहँदै आएको मणिपुरमा सुरक्षा फौजले कारबाही तीब्र बनाएको हो ।
पछिल्लो २४ घण्टामा सुरक्षाकर्मीले विभिन्न जिल्लामा निर्माण गरिएका १२ वटा बंकर नष्ट गरेका छन् भने आधा दर्जन मोर्टार जफत गरेका छन् ।
अहिलेसम्म १ हजार एक सय वटा साना ठूला हतियार र झण्डै ३८ हजार गोला बारुद तथा दुई सय ५० वटा बम बरामद भएको मणिपुर प्रहरीलाई उद्धृत गर्दै भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
मैतेई समुदायलाई पनि आदिवासीमा सूचिकृत गर्ने मणिपुर उच्च अदालतको फैसलाको विरुद्ध आदिवासी मोर्चाले शुरु गरेको आन्दोलन हिंस्रक बन्दै जाँदा मणिपुरमा अशान्ति फैलिएको हो । यस क्रमममा १ सय २० जनाको ज्यान गईसकेको छ भने तीन हजार बढी घाइते भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar