एजेन्सी – जापानमा हराउने व्यक्तिहरूको सङ्ख्या क्रमश; बढ्दै गएको पाइएको छ । यस्ता व्यक्तिको सङ्ख्या सन् २०२२ मा ८४ हजार ९१० पुगेको छ ।
जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाए अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५ हजार ६९२ ले वृद्धि भएको देखिन्छ । बेपत्ता हुनेहरूको उमेर समूहमा २० वर्ष आसपासका सबैभन्दा बढी छन्। यो समूह कुल बेपत्ताको लगभग ४० प्रतिशत छ ।
यस अवधिमा देशमा डिमेन्सिया (विस्मृतिग्रस्त) भएका वा यस्तै किसिमका विकार भएको आशङ्कामा १८ हजार ७०९ जना बेपत्ता भएको प्रतिवेदनमा उल्लेख छ । सन् २०१२ बाट तुलनात्मक तथ्याङ्क सार्वजनिक गर्न थालिएदेखि बेपत्ता हुनेको सङ्ख्या क्रमशः बढ्दोक्रममा छ। यो सङ्ख्या एक दशकमा झण्डै दोब्बर भएको छ ।
तीमध्ये धेरै व्यक्तिहरू डिमेन्सियाका कारण उद्देश्यविहीन भौंतारिएपछि हराएको उल्लेख गरिएको थियो ।
स्थानीय सरकारहरूले डिमेन्सिया भएका वा डिमेन्सिया भएको शङ्का लागेका मानिसहरूका परिवारका सदस्यहरूलाई जिपिएस यन्त्रहरू बोक्न वा तिनीहरूको कपडामा सम्पर्क जानकारीसहित (क्युआर कोड) राख्न आग्रह गरिरहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar