काठमाडौं– सर्वसाधारण लगानीकर्ताका लागि अप्पर स्याङ्गे हाइड्रोपावरको आइपिओ आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ६ लाख ५० हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात् ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ ।
यस्तै, ५ प्रतिशत अर्थात् ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र २ प्रतिशत अर्थात् १३ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको कम्पनीले बताएको छ ।
सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त आइपिओमा असार १३ गतेसम्म आवेदन दिन सकिनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar