जुम्ला – जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई पाँच हजार रुपैयाँ भत्ता दिन सुरु गरेको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई पालिकाको स्वास्थ्य शाखाले पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिइएको स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिए ।
घरमा हुने सुत्केरीदरलाई शून्यमा झार्नका लागि पालिकाले पाँच हजार रुपैयाँ भत्ता दिने कार्यविधि ल्याएर नीति तथा कार्यक्रमबाट पारित भइ कार्यान्वयनमा आएको उनले बताए ।
बर्थिङ सेन्टरभन्दा टाढाका गाउँबाट सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने महिलालाई प्रोत्साहन स्वरुप भत्ता दिने गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनका अनुसार यहाँका २६ जना सुत्केरीलाई रकम गाउँपालिकाको स्वास्थ्य शाखाले प्रदान गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar