काठमाडौं – समता घरेलु लघुवित्त वित्तीय संस्थाले सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
लघुवित्तले सेयर पुँजी संरचना अनुपात ७०ः३० कायम हुने गरी नपुग सयर रकम तीन करोड, ३२ लाख ८५ हजार रुपैयाँ बराबरको तीन लाख, ३२ हजार, ८५६ किता सेयर थप सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
सो सम्बन्धी सम्झौतापत्रमा समता घरेलु लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।लघुवित्तको २०७९ चैत मसान्तसम्मको अधिकृत पुँजी ५० करोड रुपैयाँ, कुल जारी तथा चुक्ता पुँजी ४२ करोड ७४ लाख ४१ हजार ४ सय २१ रुपैयाँ, त्यसैगरी कर्जा लगानी ३ अर्व १० करोड गरी कुल ६२ हजार ग्राहकहरुलाई सेवा दिई रहेको छ । वित्तीय संस्थाको हाल शाखा संख्या ६१ वटा पुगेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar