काठमाडौं– सङ्घीय संसद्को अर्थ समितिले धितोपत्र ब्रोकरको नयाँ लाइसेन्सको प्रक्रिया खुला गर्न निर्देशन दिएको छ ।
आज बिहान बसेको समितिको बैठकले ब्रोकरहरूको नयाँ लाइसेन्सका लागि अनुमति खुला गरेको हो । धितोपत्र ब्रोकरको लाइसेन्स वितरण प्रक्रियालाई लिएर विवाद चर्किँदै गएपछि यस सम्बन्धमा छलफल गर्न सङ्घीय संसद्को अर्थ समितिले आज बैठक डाकेको थियो ।
समितिले गएको जेठ २९ गते नयाँ ब्रोकर र स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।
४३ वटा कम्पनीलाई आशयपत्र र १८ वटा कम्पनीलाई लाइसेन्स नै दिइसकेको अवस्थामा संसदीय समितिले त्यसलाई रोक्न भनेपछि अन्योल भएको थियो । नयाँ ब्रोकर एसोसिएशनले असन्तुष्टि जनाउँदै अर्थ समितिलाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।
धितोपत्र बोर्डबाट लाइसेन्स पाइसकेपछि नेपाल स्टक एक्सचेन्जबाट ब्रोकर सदस्यता लिनुपर्छ । सदस्यता लिएपछि मात्र आधिकारिक कारोबार गर्न पाइन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar