एजेन्सी– भारतको उत्तर प्रदेशमा गर्मीबाट पछिल्ला दुई दिनमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ ।
प्रदेशका अधिकारीहरुका कारण चर्को घाम र तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो ।
गर्मी तत्काल घट्ने छाँट नदेखिएको भन्दै अधिकारीहरुले ६० वर्ष माथिका नागरिकहरुलाई घर बाहिर नजान आग्रह गरेका छन् । प्रदेश राजधानी लखनउदेखि तीन सय किलोमिटर परको बालियामा पछिल्ला दुई दिनमा धेरै मृत्यु भएको हो ।
त्यस क्षेत्रमा हरेक जस्तो मानिस कुनै न कुनै बिमारबाट पीडित बनेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । शुक्रबार र शनिबार त्यहाँ तापक्रम ४३ डिग्री माथि पुगेको जनाइएको छ । चर्को गर्मीमा नियमित विद्युत आपूर्ति हुन नसक्दा बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar