एजेन्सी– विपरजोय चक्रवातका कारण गुजरातमा ६ जनाको मृत्यु भएको छ । हिजोदेखि सुरु भएको विपरजोय आँधीका कारण ३७ हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।
तुफानको खतरा दिनानुदिन बढ्दै गएकोले गुजरात राज्य सरकारले जनतालाई सुरक्षित राख्न हर सम्भव प्रयास गरिरहेको जनाएको छ । जसअनुसार मंगलबारसम्म ८ जिल्लाका ३७ हजारभन्दा बढी मानिसलाई राज्य सरकारले आश्रय स्थलमा पठाएको थियो ।
विपरजोयको खतरालाई मध्यनजर गर्दै धेरै सरकारी निकायले गुजरातको सौराष्ट्र र कच्छको तटीय जिल्लामा अलर्ट जारी गरेका छन् । बिहीबार साँझ जखाउमा १२५–१३५ किलोमिटर प्रतिघण्टा र १५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने अनुमान गरिएको छ ।
चक्रवाती आँधी विपरजोय गुजरातको तटीय जिल्लातर्फ सर्दै गएको छ, जसका कारण मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको छ । मंगलबार थप दुई जनाको मृत्यु भएपछि हालसम्म ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
भारत मौसम विभागले पूर्वानुमानका अनुसारका चक्रवात कमजोर भए पनि राज्यमा प्रवेश गर्दा व्यापक क्षति हुन सक्ने जनाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar