धादिङ – धादिङमा एक पुरुषलाई महिला बनाएर नागरिकताको प्रतिलिपि दिएको भेटिएको छ ।
जेष्ठ २९ गते जिल्ला प्रशासन कार्यालय धादिङले दिएको नागरिकताको प्रतिलिपिमा धुनीबेसी नगरपालिकाका १ घर भएका कान्छामान तामाङ पुरुषलाई महिला बनाएर नागरिकताको प्रतिलिपि दिएको भेटिएको हो ।
पुरुष रहेका तामाङलाई महिला बनाएर दिईएको नागरिकतामा प्रशासकीय अधिकृत विष्णुप्रसाद भट्टराईले प्रमाणिकरण गरेका छन् । उक्त बिषयमा प्रशासकीय अधिकृत भट्टराई फाँटमा कार्यरत् कर्मचारीहरुले भुलबश त्यस्तो गल्ती गरेको स्विकार गरे । ‘फाँटमा भिडभाड र कामको चाप रहेकाले कर्मचारीहरुले हतार गर्दा त्यस्तो गल्ती हुन पुग्यो, मेरो तर्फबाट पनि गल्ती भयो, हेर्दा हेर्दै कतिपय गल्ती नदेखिँदो रहेछ । यो गल्ती हो, नियत जन्य पनि हैन सम्बन्धित् व्यक्तिले उक्त प्रतिलिपि लिएर आएपछि सच्याएर अर्को प्रतिलिपि दिन्छौँ, भनेका छौँ ‘, उनले भने ।
कामको चाप हतारले गर्दा कहिले काहि यस्ता कमजोरि हुने गरेको प्रशासकीय अधिकृत भट्टराईले बताए । आफुहरुले गलत नियतले त्यस्तो कार्य नगरेको भन्दै सम्बन्धित् व्यक्तिलाई उक्त प्रतिलिपि लिएर आउन खवर गरेको र प्रतिलिपि लिएर आएपछि सच्याएर अर्को प्रतिलिपि दिईने सहमती भएको पनि भट्टराईले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar