काठमाडौं– हप्ताको पहिलो दिन आज शेयर बजार उच्च अङ्कले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ४० दशमलव ४८ अङ्कले बढेर एक हजार नौ सय ८० दशमलव ०९ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा फाइनान्स, विकास बैंक, लगानी र व्यापार समूहको शेयर उच्च अङ्कले बढेको छ ।
आज कारोबार रकम पनि बढेर झन्डै साढे तीन अर्ब रुपैयाँ पुगेको छ । आज दुई सय ७५ वटा कम्पनीका ९५ लाख २८ हजार कित्ता शेयर तीन अर्ब ४५ करोड ४३ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै नागरिक लगानी कोषको ११ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
बजार उकालो लागेको दिन भुगोल इनर्जी र सीटी होटलको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आदर्श लघुवित्तसहित छ वटा कम्पनीको शेयर सामान्य घटेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar