काठमाडौं – नबिल बैंकका ग्राहकले ल्याण्डमार्क होटल एन्ड रिसोर्टमा छुट पाउने भएका छन् ।नबिलले आफ्ना ग्राहकलाई छुट दिने उद्देश्यले ल्याण्डमार्क होटल एन्ड रिसोर्टसँग सम्झौता गरेको बताएको छ ।
सम्झौता अनुसार नबिल बैंकका ग्राहकले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्ने भएका छन् ।
ग्राहकले नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुविधा प्राप्त गर्ने भएका हुन् । नबिलले देशभर २५५ शाखा मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar