एजेन्सी– अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गोप्य कागजातसँग सम्बन्धित मुद्दा पनि चलाइने भएको छ । ह्वाइट हाउस छाडेपछि पनि ट्रम्पले सयौँ गोप्य दस्ताबेज आफूसँग राखेको आरोप छ ।
जसकाकारण अनुसन्धान एजेन्सीहरूले ट्रम्पविरुद्ध सात केन्द्रीय आपराधिक मुद्दा दर्ता गरेका छन् ।
डोनाल्ड ट्रम्पले ट्रुथ सोसल मिडिया प्लेटफर्मलाई भनेका छन् । मियामीको सङ्घीय अदालतमा उपस्थित हुनको लागि उनलाई निमन्त्रणा प्राप्त भएको छ ।
मिडिया रिपोर्टका अनुसार ट्रम्पले ह्वाइट हाउस छोडेपछि नेशनल अर्काइभ्सले राष्ट्रपतिको रेकर्डसँग सम्बन्धित कागजातहरू फिर्ता गर्न माग गरेको थियो। केही महिनापछि करिब २०० वर्गीकृत कागजातहरू फिर्ता भएका थिए ।
नयाँ मुद्दा दर्ता भएपछि ट्रम्पले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा ट्रम्पले लेखेका छन्, ‘अमेरिकी पूर्व राष्ट्रपतिसँग यस्तो घटना हुन्छ भनेर मैले कहिल्यै सोचेको थिइन ।
अहिलेसम्मका सबै राष्ट्रपतिहरूमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने र वर्तमान राष्ट्रपतिभन्दा पनि लोकप्रिय व्यक्तिलाई यो के भइरहेको छ ? म निर्दोष छु ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar