काठमाडौं – सामसुङले ग्यालेक्सी एफ ५४ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ ।
मोबाइलमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइन उपलब्ध रहेको छ । ६.७ इन्च सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट रहेको मोबाइलमा उपभोक्ताले सहज रूपमा भिडियो हेर्न र स्क्रोल गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।
८ जीबी र्याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरी यो मोबाइलमा उपलब्ध रहेको छ । यसमा रहेको १०८ एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड र २ एमपी म्याक्रो लेन्स क्यामेराबाट हुने ट्रिपल–लेन्स सेटअपले प्रयोगकर्ताहरूले एडभान्स क्यामेराको अनुभव पाउनेछन् । यो बाहेक मुख्य क्यामेरामा भएको ओआइएस तथा भीडीआइएसले कम प्रकाशमा पनि उत्कृष्ट फोटो खिच्न सकिन्छ । ग्यालेक्सी एम ५४ ले रातको समयमा पनि सफा स्पष्ट डिटेल भएको फोटोहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसको अगाडी रहेको ३२ मेगापिक्सेल लेन्स क्यामेराको प्रयोग गरी हाइक्वालिटीको सेल्फी, भिडियो, र भिडियो कलहरू गर्न सकिने पनि उल्लेख गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar