काठमाडौं– विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
दक्षिण एसियाली मुलुकको आर्थिक स्थिति सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको हो ।
यसअघि, नेपाल सरकारले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । तर, नेपाल सरकारको प्रक्षेपणको तुलनामा विश्व बैंकले आर्थिक वर्ष २०२२–२३ मा झण्डै दोब्बर बढीले आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो ।
यस्तै, आगामी आर्थिक वर्ष २०२३–२४ मा ४.९ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । यसका साथै, आर्थिक वर्ष २०२४–२५ मा नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशत रहने समेत विश्व बैंकको प्रक्षेपण छ ।
विश्व बैंकका अनुसार चीनको कमजोर आर्थिक वृद्धिदर र रुस–युक्रेन युद्धको असर दक्षिण एसियाली मुलुकमा परेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar