काठमाडौं – आज शेयरबजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ६६ अङ्कले बढेर एक हजार नौ सय २७ दशमलव ६५ बिन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेकोमा होटल र बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय ६९ वटा कम्पनीका ५५ लाख ४१ हजार कित्ता शेयर एक अर्ब ९८ करोड १० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको नौ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै न्यादी जलविद्युत् कम्पनीको शेयर झण्डै १० प्रतिशत र सोल्टी होटलको शेयर झण्डै नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर साढे दुई प्रतिशतले घटेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar