काठमाडौं– नेपालबाट १० महिनाको अवधिमा १४ करोड रुपैयाँको चिउरा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९÷८० साउनदेखि वैशाखसम्मको अवधिमा १४ करोडको चिउरा निर्यात भएको हो ।
विभागका अनुसार ४ लाख ९ हजार २९२ किलोग्राम चिउरा निर्यात भएको छ । यस अवधिमा नेपालबाट विश्वका १२ वटा देशमा चिउरा जाने गरेको पाइएको छ ।
सबैभन्दा धेरै अमेरिकामा ७ करोड रुपैयाँको चिउरा निर्यात हुँदा अस्ट्रेलियामा ३ करोड ४५ लाख ३० हजार रुपैयाँको चिउरा निर्यात भएको छ ।
यस्तै, बेल्जियममा ३६ लाखको चिउरा निर्यात हुँदा इटालीमा १ करोड ३ लाख रुपैयाँको निर्यात भएको छ । यसका साथै, जापानमा ७१ लाखको र कोरियामा १२ लाखको चिउरा निर्यात भएको विभागले जनाएको छ ।
यस्तै, बेलायतमा ३१ लाख रुपैयाँको चिउरा निर्यात भएको छ । यसबाहेक, क्यानडा, हङकङ, भारत र मलेसिया लगायतका मुलुकमा समेत चिउरा निर्यात हुने गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar