काठमाडौं – नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सांसदसहित सरकारका सवै कर्मचारी र जनप्रतिनिधीहरुलाई दिईने भत्ता कटौती गर्नुपर्ने माग गरेका छन् ।
सोमबार प्रतिनिधीसभाको बैठकको बजेट माथिको छलफलमा बोल्दै सांसद पाण्डेले सांसदसहित सवै कर्मचारी र जनप्रतिनिधीहरुलाई दिईने भत्ता कटौती गर्न माग गरेका हुन् । पाण्डेले अर्थमन्त्रीले आर्थिक क्षेत्रको सुधारका लागी कर्मचारीको मात्र भत्ता कटौती गर्न नहुने भन्दै सांसदसहित सवै कर्मचारी र जनप्रतिनिधीहरुलाई दिईने भत्ता कटौती गर्न माग गरे ।
‘अर्थमन्त्री ज्यूले आर्थिक क्षेत्रको सुधारका लागी खर्च कटौती प्रस्ताव गर्नुभएको छ यो स्वागतयोग्य कुरा हो । तर यो खर्च कटौती कर्मचारीको भत्ता कटौती मात्र भन्नुभएको छ । सम्माननिय प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायधिश, संवैधानिक अंगका प्रमुख र सदस्यहरु मन्त्री तथा सांसदहरु, मन्त्रालयका सचिवहरु ल्गायत विशिष्ठ श्रेणीका कर्मचारीहरु, सहसचिव तहसम्म र सोही तह सम्मका सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान सवै क्षेत्रकालाई दिईने भत्ता कटौती गर्नुपर्दछ ।’ पाण्डेले भने ।
त्यस्तै पाण्डेले आर्थिक क्षेत्रको सुधार ल्याउन सांसदहरुको बैठकभत्ता, काठमाडौंमा घर भएका सांसदहरुको घर मर्मत संभार खर्च र अनावश्यक प्रयोजन बिहीन बैदेशिक भ्रमणलाई पनि कटौती गर्न माग गरे । ‘हामी सांसदहरुको सवालमा बैठकभत्ता, काठमाडौंमा घर भएका सांसदहरुको घर मर्मत संभार खर्च आदी कटाउने, अनावश्यक प्रयोजन बिहीन बैदेशिक भ्रमणलाई कटाई आर्थिक क्षेत्रको सुधार ल्याउनु पर्दछ ।’ पाण्डेले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar