एजेन्सी– भारतीय माओवादी नेता कट्टम सुदर्शनको मृत्यु भएको छ । माओवादीको केन्द्रीय कमिटीका प्रवक्ता अभयले एक प्रेस नोट जारी गर्दै आफ्नो सङ्गठनको केन्द्रीय कमिटी र पोलिट ब्युरो सदस्य सुदर्शनको हृदयाघात भएका कारण मृत्यु भएको जानकारी दिए ।
कट्टम सुदर्शनमाथि १.५५ करोड भारु इनाम तोकिएको थियो । सिपिआई माओवादीको दोस्रो तहको हैसियत राख्ने कट्टम सुदर्शन माओवादी सङ्गठनमा आनन्द, भास्कर, मोहन, वीरेन्द्र, मोहन टेकाम, सुदर्शन, रमेश, महेश र एएनको नामबाट पनि चिनिन्थ्यो ।
तेलंगानाको आदिलाबादमा बस्ने लगभग ६६ वर्षका कट्टम सुदर्शनमाथि देशको विभिन्न देशमा भएको माओवादी हमलामा समावेश भएको आरोप छ । प्रहरीका अनुसार सन् १९७४ मा माओवादी आन्दोलनमा सक्रिय कट्टम सुदर्शनमाथि छत्तीसगढमा भाजपा विधायक भिमा मंडावीको हत्यामा समावेश भएको आरोप पनि छ ।
भारतको नेशनल इन्भेस्टिगेसन एजेन्सी (एनआईए) ले यसका लागि सुदर्शनमाथि १० लाख भारुको इनाम घोषणा गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar