काठमाडौं– कास्कीमा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । २५ मेगावाट क्षमताको आयोजनाको ९० प्रतिशत काम सकिएको आयोजनाको भिजन लुम्बिनी ऊर्जा कम्पनीले जनाएको हो ।
माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा बनिरहेको जलविद्युत आयोजनाको काम २०७७ भदौ देखि सुरु भएको हो । आगामी मङ्सिरसम्ममा आयोजना सम्पन्न भएर व्यावसायिक उत्पादन सुरु हुने जनाइएको छ ।
पाँच अर्ब रुपैयाँ लगानी रहेको आयोजनामा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरेका छन् ।
सेती नदी जलविद्युत आयोजना अन्तिम चरणमा
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar