पोखरा – मित्र राष्ट्र चिन मा एकदमै चर्चित ड्र्यागन बोट रेस फेस्टिभल पोखरा मा हुने भएको छ । आगामी साउन ६ र ७ गते चीनबाटै ८ वटा विशेष किसिमका डुंगा सहित डेढ सय जना हाराहारी चिनियाँ पर्यटक पोखरा आउनेछन्।
चीनमा ड्र्यागन डुंगा दौड प्रतियोगिताको इतिहास २५ सय वर्षभन्दा पुरानो रहेको मानिन्छ। यो दिनको धार्मिक तथा परम्परागत महत्व पनि उत्तिकै छ। यसले नकारात्मक ऊर्जा बाहिर फ्याँक्ने र सकारात्मक तथा स्वच्छ ऊर्जा शरीरभित्र प्रवेश गराउने जनविश्वास छ।दुई दिनसम्म चल्ने यो फेस्टिभल नेपाल र चीन सरकारको सहकार्यमा हुँदैछ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar