काठमाडौं– अर्थमन्त्री डा.प्रकाशशरण महतले शेयर (पुँजी) बजारलाई तलमाथि गराउने समूहलाई करको दायरामा ल्याउँदा आफूमाथि जोखिम बढेको बताएका छन् ।
आज नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ’पोस्ट–बजेट डिस्कसन’ कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले शेयर बजारमा ठूलो लगानी गरेर आम्दानीको स्रोत बनाउनेहरूलाई इमानदार भएर करको दायरामा ल्याउन खोज्दा आफूलाई नै जोखिम महसुस भएको बताए ।
मन्त्री महतले शेयर बजारमा ठूलो लगानीकर्ताहरूको समूहले बजारलाई तल झारेर तुरुन्तै शेयर किनेर बजार माथि लैजाने गरेको दाबी गरे । सरकारले यस्तो प्रणालीको अन्त्य गर्न खोजेको उनले बताए ।
सरकारले बजेटमार्फत शेयर बजारमा बढी आय गर्नेहरूलाई करको दायरामा ल्याउँदा स्वार्थ समूहहरूले अर्थमन्त्रीले शेयर बजारलाई समाप्त पार्न खोज्यो, ६० लाख लगानीकर्ता समाप्त हुने भए भन्नेजस्ता दुष्प्रचार गरिरहेको बताए । उनले शेयर बजारमा बढी कमाउनेहरूले कर नतिर्ने चलखेल गरेको दाबी गरे ।
मन्त्री महतले शेयर बजारको विषयमा अनावश्यक हल्ला फैलाउन उचित नभएको बताए । अहिले शेयर बजारमा सानो लगानी गरेर पाँचदेखि छ लाख रुपैयाँ कमाउनेहरूले सरकारलाई कर तिरेको तर धेरै आम्दानी गर्नेहरू करको दायरामा नआएको उनको गुनासो छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar