काठमाडौं– पछिल्लो समय विदेशी पर्यटकहरुको आगमन बढेसँगै पर्यटन राजस्वमा समेत उल्लेखनीय वृद्धि भएको छ । नेपाल सरकारका अनुसार सन् २०२२ मा पर्यटनतर्फको राजस्व मात्र १९० प्रतिशतले वृद्धि भएको हो ।
कोभिड–१९ महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै जाँदा सन् २०२२ मा ६ लाख १४ हजार ८ स य ६९ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
यो स्थलमार्गबाट आउने भारतीय पर्यटक बाहेकको तथ्याङ्क हो । सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड–१९ महामारीका कारण सन् २०२० र सन् २०२१ मा पर्यटक आगमन सङ्ख्या क्रमशः २ लाख ३० हजार र १ लाख ५१ हजारमा सीमित रहन पुगेको थियो ।
यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई राजस्व समेत ४६ अर्ब ७६ करोड रुपैयाँ उठेको सरकारले जनाएको छ ।
सन् २०२२ मा नेपाल भ्रमण गर्ने कुल पर्यटकमध्ये सबैभन्दा बढी ६४.७ प्रतिशत पर्यटकले बिदा÷मनोरञ्जन÷यात्राको लागि भ्रमण गरेका थिए ।
यसैगरी, १२.९ प्रतिशत तीर्थयात्रा, १०.० प्रतिशत पर्वतारोहण÷साहसिक यात्रा र १२.४ प्रतिशत अन्य उद्देश्यले नेपाल भ्रमण गरेका थिए ।
नेपालका पर्यटकीय गन्तव्यमध्ये लुम्बिनी प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहँदै आएको छ । कोभिड–१९ को असर कम हुँदै गएसँगै लुम्बिनी भ्रमण गर्ने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ । सन् २०२२ मा लुम्बिनी भ्रमण गर्नेमध्ये नेपाली ६ लाख ४९ हजार, भारतीय २ लाख ३१ हजार र अन्य मुलुकका २४ हजार गरी ९ लाख ४ हजार रहेका छन् ।
सन् २०२२ मा आएका पर्यटकमध्ये भारतबाट ३४.१ प्रतिशत, अमेरिकाबाट १२.५ प्रतिशत, बेलायतबाट ७.३ प्रतिशत, अष्ट्रेलियाबाट ४ं.४ प्रतिशत, बङ्गलादेशबाट ४.१ प्रतिशत र अन्य मुलुकहरुबाट ३७.६ प्रतिशत पर्यटक आएको सरकारले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar