काठमाडौं– भारत सरकारले नेपालाई तीन लाख मेट्रिक टन गहुँ दिने भएको छ । नेपाल सरकारले माग गरेकाले भारतीय सरकारले नेपाललाई सो परिमाणको गहुँ दिने भएको हो ।
भारतीय सञ्चार लाइभमिन्टले यो वर्ष नेपाल, इन्डोनेसिया, सेनेगल र गाम्भियालाई गरी कुल करिब १० लाख ५० हजार मेट्रिक टन खाद्यान्न (गहुँ र कनिका) निर्यात गर्न दिने संभावना भएको उल्लेख गरेको छ ।
लाइमिन्टकाअनुसार इन्डोनेसीया, सेनेगल र गाम्भियालाई कनिका निर्यात गर्न दिने भएको हो । भारत सरकारले खाद्यान्न उत्पादनमा कमी आएको बताउँदै एक वर्ष अघिदेखि नै निर्यातमा रोक लगाएको थियो ।
गहुँ निर्यातमा भारतले प्रतिबन्ध लगाउँदा नेपाली उद्योग डुब्ने बताउँदै यहाँका उद्योगी व्यवसायीले सरकारलाई गहुँ माग गरिदिन अनुरोध गरेका थिए ।
सोहीअुनसार नेपाल सरकारले भारत सरकारसँग गत वर्ष पनि ५० हजार मेट्रिक टन गहुँ माग गरेको थियो । यो वर्षका लागि पनि नेपालले भारत सरकारसँग केही महिनाअघि नै तीन लाख टन गहुँ दिन माग गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar