काठमाडौं – कर्जा को किस्ता समएमा बुझाउन नसक्दा ७० सहकारीलाई नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले पैसा तिर्न ३५ दिने सुचना प्रकाशित गरेको छ ।
ऋण समयमा नतिर्नेमा सबैभन्दा धेरै कर्णाली प्रदेशका २८ वटा सहकारी, कोशी प्रदेशका १४, मधेस प्रदेशका ११, बाग्मतीका १०, लुम्बिनीका ४ र सुदूरपश्चिम प्रदेशका ३ वटा सहकारी संस्था रहेको छन् । कोषले बुधबार एक सूचना जारी गर्दै ती सहकारीहरुलाई ३५ दिनभित्र साँवा, ब्याज र हर्जानासहित ऋण चुक्ता गर्न अल्टिमेटम दिएको छ ।
३५ दिन भित्र ऋण चुक्ता नगरे उल्लेखित सहकारी संस्थाका सञ्चालक समिति सदस्य, लेखा सुपरिवेक्षण समितिका सदस्यहरु एवम् कर्जा उप–समितिको सदस्यहरुको तीनपुस्ते विवरणसहित रकम असुलीको लागि कालोसूचीमा राख्ने चेतावनी समेत दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar