काठमाडौं – नेपाल धितोपत्र बोर्डले ७ वटा कम्पनीलाई पहिलो चरणमा धितोपत्र दलाल व्यवसायीको प्रमाणपत्र (ब्रोकर लाइसेन्स) प्रदान गरेको छ ।
बोर्डले थप ब्रोकर लाइसेन्सका लागि आवेदन खुल्ला गरेकोमा पछिल्लो समय आवेदन परेका कूल ४५ कम्पनीहरु मध्येबाट पहिलो चरणमा ७ वटा कम्पनीलाई लाइसेन्स प्रदान गरेको हो ।
सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले पूर्वाधार तयार गरेर लाइसेन्स स्वीकृति माग गरेका ७ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । बोर्डका अनुसार ४५ आवेदन मध्ये ८ वटा कम्पनीले प्रक्रिया पुर्याएर लाइसेन्सका लागि अन्तिम स्वीकृति माग गरेका थिए । जसमध्ये ७ वटा कम्पनीलाई पहिलो चरणमा लाइसेन्स प्रदान गरिएको बोर्डले जनाएको छ ।
लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज, क्यापिटल म्यास सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाड लिमिटेड रहेका छन् । धितोपत्र बोर्डमा नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीको आवेदन दिएका थिए । जसमध्ये ४३ वटा कम्पनीलाई बोर्डले अनुमतिको आशयपत्र (एलओआई) प्रदान गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar