काठमाडौं – देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानबाट बंैकिङ सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक २९औं वर्षमा प्रवेश गरेको छ ।
यस अवसरमा बैंकले आफना १०३ वटा शाखामा विभिन्न सामाजिक हितका कार्यक्रम आयोजना गर्नुका साथै २९ वटा शाखामार्फत रक्तदान, सांस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता ¥याली, सम्पूर्ण शाखा कार्यालयमा केक कटिङ कार्यक्रम, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग–०२३, शृंखला २ लगायत विभिन्न कार्यक्रमको आयोजना गरी २९औं वार्षिकोत्सव मनाइरहेको छ ।
बैंकले वार्षिकोत्सवको अवसरमा २९ वटा शाखामार्फत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रीय कार्यालयमा दरबारमार्ग शाखाको सक्रियतामा जेठ ५ मा बिहान ११ः३० देखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । त्यस्तै, शाखा, प्रादेशिक तथा केन्द्रीय कार्यालयका कर्मचारीको सहभागितामा काठमाडौंमा र सम्पूर्ण प्रादेशिक कार्यालयका आठवटा स्थानमा शाखा तथा प्रादेशिक कार्यालयका कर्मचारीको सहभागितामा जेठ ६ शनिबार बिहान ७ः३० देखि ८ः३० सम्म वित्तीय साक्षरताका निम्ति प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवा, मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डको प्रयोग गरिएको थियो ।
त्यसैगरी गतवर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको दोस्रो शृंखला १६ टिमको सहभागितामा बैैंकले जेठ २० देखि २२ गतेसम्म सञ्चालन गर्नेछ । बैंकले देशभर रहेका शाखामार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीलाई स्थानीय भेषभूषामा बंैकमा उपस्थित गराएर सांस्कृतिक कार्यक्रम गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar