हेटौंडा – लामो समयको रस्साकस्सीपछि बागमती प्रदेश सरकारले आज पूर्णता पाउँने भएको छ ।
दलिय भागबन्डामा सहमति नजुट्दा विगत ४ महिनादेखि रोकिएको बागमती प्रदेशको मन्त्रीपरिषद्ले आज पूर्णता पाउँने भएको हो । सोही विषयमा आज (आइतबार) बिहान बसेको सत्ता गठबन्धनका दलहरूको छलफल भएको थियो । उक्त छलफलले आजै सरकारलाई पूर्णता दिने निर्णय गरेको छ । छलफलले प्रदेशको ११ मन्त्रालयलाई विभाजन गरी १२ कायम गर्ने र १२ मन्त्री नियुक्त गर्ने निर्णय गरेको छ । जसमा कांग्रेसले हाल सम्हाल्दै आएको २ मन्त्रालयसहित ६ मन्त्रालयको जिम्मेवारी पाउने भएको छ
नवनियुक्त मन्त्री मध्ये कांग्रेसका एक मन्त्रीले विभाग पाउने छैनन् भने अन्य सबैको विभाग तोकिने जनाइको छ । मन्त्री नियुक्तका लागि कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा आन्तरिक छलफलमा जुटेका छन् । मन्त्री छान्न उनी संसदीय दलको छलफलमा जुटेको उनी निकट स्रोतको भनाई छ । कांग्रेसबाट ललितपुरबाट निर्वाचित् रामकृष्ण चित्रकार , चितवनबाट निर्वाचित् उत्तम जोशी , काठमाडौँबाट निर्वाचित् पुकार महर्जन र सिन्धुपाल्चोकबाट निर्वाचित् मसिना खड्का मन्त्री बन्ने सम्भावना छ ।
स्रोतका अनुसार कांग्रेस संस्थापन इतर ९शेखर कोइराला० समूहबाट जोशी, प्रकाशमान सिंह समूहबाट महर्जन र संस्थापन सभापती शेरबहादुर देउवा पक्षबाट चित्रकार र खड्का मन्त्री बन्ने तयारी छ । खड्कालाई मन्त्री बनाउन सङ्घीय स्वास्थ्य मन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको चर्को दबाब रहेको पनि श्रोतको दावी छ ।
अहिले उनीहरूको कार्यभारका विषयमा छलफल भइरहेको काँग्रेस संसदिय दलका नेता तथता आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा निकट स्रोतको भनाई छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar