हेटौंडा – लामो रस्साकस्सीपछि बागमती प्रदेश सरकारले आज पूर्णता पाउँने भएको छ ।
दलिय भागबन्डाको विषयमा सहमति नजुट्दा विगत ४ महिनादेखि बागमती प्रदेशमा मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको थिएन । तर आज आइतबार बिहान बसेको सत्ता गठबन्धनका दलहरूको छलफलले सरकारलाई पूर्णता दिने निर्णय गरेको हो ।
सत्ता गठबन्धनका दलहरूको छलफलले प्रदेशको ११ मन्त्रालयलाई विभाजन गरी १२ कायम गर्ने र १२ मन्त्री नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्री शालिकराम जम्मकट्टेल निकट श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार कांग्रेसले हाल सम्हाल्दै आएको २ मन्त्रालयसहित ६ मन्त्रालयको जिम्मेवारी पाउने भएको छ भने माओवादी केन्द्रले मुख्यमन्त्री सहित ४ र एकीकृत समाजवादीले २ मन्त्री पाउने भएको छ ।
उनीहरूले आजै ३ बजे प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ ग्रहण गर्नेछन् । नवनियुक्त मन्त्री मध्ये कांग्रेसबाट एक जनाले राज्यमन्त्री पाउने बताईएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar