काठमाडौं – आगामी जेठ १२ गतेबाट चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ प्रदर्शनमा आउँदै छ ।
यो चलचित्र नेपाली मौलिक कथामा निर्माण गरिएको पक्षले जनाएको छ । चलचित्रलाई लिएर निर्माण पक्ष प्रचार प्रसारमा व्यस्त छ ।
यसै सन्दर्भमा चलचित्रको टिमले केही पत्रकारसँग कुराकानी गर्दै चलचित्रबारे जानकारी दिएको छ । निर्देशक शम्भु थापाले चलचित्र अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित रहेको बताए । ‘अग्रजले हुक्का प्रयोग गरेको देखेपछि बच्चाले के कस्तो सपना देख्छ र त्यो पुरा गर्न के गर्छ भन्ने कुरा उठान गरेका छौं’, उनले भने, ‘फिल्मले अहिलेको समाजको प्रतिनिधित्व गरेको छ ।’
उनले अहिलेको पुस्ताले अग्रजको सम्पत्ति घरआँगनमै भए पनि त्यसलाई कुल्चिएर अहिलेको पुस्ता भौतारिने गरेको कथालाई चलचित्रमा देखाइएको बताए । उनले फिल्ममा सामन्तवादको केही विषय समेटिएको खुलाए ।अभिनेता तेज गिरीले चलचित्रमा विदेशबाट फर्किएको अल्लारे केटाको भूमिका निर्वाह गरेको खुलाए ।
उनले आफ्नो भूमिका मायाको अभावमा रहेकालाई मायाको प्रभावमा पारेर अल्झाउने रहेको जनाए । ‘मेरो चरित्रले कथामा नयाँ ट्वीस्ट ल्याउँछ’, उनले भने । अभिनेत्री तलिसा गुरुङले नेपाली भाषाको डेब्यू फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ मा अभिनय गर्न पाउँदा खुसी लागेको बताइन् । उनले राम्रो टिम र कथामा काम गर्न पाएकाले दर्शकले आफ्नो भूमिका मनपराउने बताइन् ।
अभिनेता प्रकाश घिमिरेले चलचित्रमा आफू हुक्का खाने क्यारेक्टरको रूपमा देखिने खुलाए । उनले आफू कहिले नरम र कहिले कडा पात्रको रुपमा प्रस्तुत हुने बताउँदै चलचित्र सबैका लागि हेर्न उपयुक्त रहेको जनाए । चलचित्रका लेखक तथा अभिनेता सन्तोषकुमार आत्रेयले आफूले पत्रिकामा समवेदना पढेर कथा बुनेको बताए । उनले चलचित्रको कथा अहिलेसम्म आएका चलचित्रभन्दा भिन्न भएको दाबी गरे ।
कार्यकारी निर्माता किरणकुमार आत्रेयले नेपाली कला संस्कृतिका लागि केही गर्नुपर्छ भन्ने भावनाले चलचित्रमा लगानी गरेको बताए । चलचित्रमा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, निश्चल विमल, एलिशा विकको अभिनय छ ।
सन्तोषकुमार आत्रेयको कथा रहेको चलचित्रमा सन्तोष र भगवान् पौडेलको पटकथा छ । रेश्मा प्रधान सहनिर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको चलचित्रमा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar