काठमाडौं – नेपाटपले ढल निकास प्रयोजनको लागि प्रयोग हुने डब्लुडिसि पाईपको उत्पादन शुरु गरेको छ ।
भारत, चीन लगायका विश्वका विभिन्न देशमा केही दशक अगाडीबाट सफल भएको डिजायन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाईजेशन अन्र्तगतको मनमैजु ईण्डष्ट्रिज प्रालिले अत्याधुनिक प्रविधि सहितको मेशिनरी आयात गरी उक्त पाईप उत्पादन शुरु गरेको हो ।
विगत दुई दशकभन्दा लामो अवधिदेखि भारत, चीन एवं विश्वका विभिन्न मुलुकमा उत्पादन भएर प्रचलित भएको कोरोगेटेड डिजायनमा कम्पनीले उत्पादन शुरु गरेको हो । कम्पनीले हाल प्रचलित अन्तराष्ट्रिय मापदण्ड र डिजायनको परिधिभित्र रही १०० मि.मि. देखी १२०० मि.मि. गोलाईका पाईप उत्पादन गरिरहेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले केही समय अगाडी पारित गरेको डब्लुडिसि पाईपको मापदण्ड नेपाल गुणस्तर ५९५ चिन्ह प्राप्तीको प्रक्रियामा रहेको समेत नेपाटपले जानकारी दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar