काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन दरबार हत्याकाण्डको पनि छानबिन हुनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले तत्कालीन दरबार हत्याकाण्डको पनि छानबिन हुनुपर्ने बताएका हुन् । बैठकमा सांसद प्रभु साहले गौर हत्याकाण्डको छानबिनका विषयमा प्रश्न गरेका थिए । गौर हत्याकाण्डको छानबिनको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्ड पनि छानबिन हुनुपर्ने बताएका थिए ।
‘गौर हत्याकाण्ड मात्र होइन, देशको ठूलो र डरलाग्दो दरबार हत्याकाण्ड पनि छानबिन हुनुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले ०४८ सालयताका भ्रष्टाचार छानबिन गर्ने भनेको छु । कसैलाई पनि उन्मुक्ति हुँदैन ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar