एजेन्सी– पाकिस्तानमा जारी व्यापक विरोध र आन्दोलनकाबीच बन्द गरिएको इन्टरनेट सेवा फेरि सञ्चालनमा आएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार मोबाइल डाटा सेवा पुनःस्थापित भएपनि मुख्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा भने प्रतिबन्धित नै रहेको हो । पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि पाकिस्तानमा हिंसात्मक विरोध प्रदर्शन चर्किएको थियो ।
त्यसपछि पाकिस्तान सरकारले मे ९ मा ट्वीटर, फेसबुक र युट्युबमाथि प्रतिबन्धसहित इन्टरनेट सेवामा रोक लगाएको थियो। चौतर्फी दवाव बढेसँगै ४ दिनपछि पाकिस्तानको गृह मन्त्रालयले पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए)लाई प्रतिबन्ध हटाउन आदेश दिएको थियो ।
मन्त्रालयले नियामकलाई यी सामाजिक सञ्जाल प्लेटफर्महरुको पहुँच खुला नगर्न निर्देशन दिएका कारण प्रतिबन्धित नै रहेको अधिकारीहरुले बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar