काठमाडौं– चालू आर्थिक वर्ष २०७९– ८० को ९ महिनाको अवधिमा १ अर्ब २३ करोड रुपैयाँभन्दा धेरैको बदाम भित्रिएको छ ।
चालू वर्षको साउनदेखि चैत महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको बदाम आयात भएको हो । नेपालमा तीन समूहमा विभाजित बनेर बदामको आयात हुने गरेको भन्सार विभागले जनाएको छ । बदाम, बदामको बियाँ र टुक्रा बदाम गरी तीन समूहमा विभाजित बदाम भित्रिने गरेको विभागले जनाएको छ ।
र, नेपालमा बदाम आयात गर्दा आयातकर्ताले साढे ११ करोड रुपैयाँ बराबर राजश्व बुझाएका छन् । नेपालमा विशेषगरी भारत र मोजाम्बिकेबाट बदाम आयात हुने गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar