एजेन्सी– पाकिस्तानका पूर्व मानवअधिकार मन्त्री शिरिन मजारीलाई प्रहरीले पक्राउ गरेको छ ।
पाकिस्तान तहरिक–ए–इन्साफले पार्टीकी वरिष्ठ नेता मजारी पक्राउ परेको जनाएको छ । उनलाई आज बिहान इस्लामाबाद पुलिसले घरबाटै पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सुरक्षा निकायले मजारी पक्राउ पर्नुको कारण खुलाएको छैन । यसअघि बुधवार बेलुका पूर्व विदेशमन्त्री एवं पाकिस्तान तहरिक–ए–इन्साफका नेता शाह महमूद कुरैशी पक्राउ परेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar