एजेन्सी– पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ ।
बिहीबार त्यहाँको सर्वोच्च अदालतले खानको गिरफ्तारी गैरकानुनी भएको ठहर गर्दै उनलाई तत्काल रिहा गर्न आदेश दिएको हो ।
खानलाई मंगलबार भ्रष्टाचार आरोपमा इस्लामावादस्थित उच्च अदालत परिसरबाटै पक्राउ गरेको थियो । अदालत परिसरबाट पक्राउ गर्नुअघि अदालतकै अनुमति नलिएको भन्दै त्यहाँको सर्वोच्च अदालतले खानको पक्राउ गैरकानुनी रहेको ठहर गरेको हो ।
यो आदेशसँगै पाकिस्तानमा सेना र अदालतबीच टसल पैदा हुने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar