एजेन्सी– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका छन् ।
अमेरिकी लेखक इ. जिन क्यारलले ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार र मानहानी गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी थिइन् । द न्युयोर्क टाइम्सका अनुसार उक्त मुद्दामा फैसला गर्दै मंगलबार म्यानहटन ज्यूरीले ट्रम्पलाई दोषी ठहर गरेको हो ।
क्यारलले ट्रम्पविरूद्ध लगाएको बलात्कारको आरोप भने ज्युरीले खारेज गरिदिएको छ । यौन दुर्व्यवहार र मानहानीमा दोषी ठहर भएपछि ज्युरीले पीडितलाई पाँच मिलियन डलर क्षतिपूर्ति दिन आदेश गरेको छ ।
सन् २०२४ मा फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका ट्रम्पलाई यो निर्णयले धक्का लाग्न सक्छ ।
क्यारोललगायत दर्जनौं महिलाहरूले ट्रम्पविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर गरेका छन् । ट्रम्पले आफूमाथि लगाइएको यौन दुर्व्यवहारको आरोप लगातार खण्डन गर्दै आइरहेका थिए ।
आगामी राष्ट्रपति निर्वाचनलाई लिएर ट्रम्पविरोधी अभियानअन्तर्गत यो फैसला आएको उनको सचिवालयले जनाएको छ। ज्युरीको आदेशविरुद्ध अपिल गर्ने उनको सचिवालयले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar