काठमाडौं– अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर ३ जनाको ज्यान गएको छ ।
हिजो दिउँसो भुमिकास्थान नगरपालिका– २ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा लागेकोे आगो निभाउने क्रममा घाइते भएक ७२ वर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र ५२ वर्षीय घनश्याम वेल्वासेको ज्यान गएको हो ।
घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको थियो । पाल्पामा पनि उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएकोमा बाटोमै ज्यान गएको स्थानीय विष्णु वेल्वासेले जानकारी दिए ।
आगलागी परेर घाइते भएका ३६ वर्षीय माधव वेल्वासेको अवस्था गम्भीर रहेको छ । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar