काठमाडौं – अब प्रतिनिधिसभाका सांसदहरूको पनि ई – हाजिरी हुने भएको छ।
आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठकले यो अधिवेशनबाटै सांसदहरूको डिजिटल हाजिरी व्यवस्था गर्ने निर्णय गरेको हो। यसअघि प्रतिनिधिसभाको बैठकमा सांसदहरूको उपस्थिति कम हुने गरेको भन्दै प्रश्न उठ्दै आएको थियो । त्यस्तै आजको कार्यव्यवस्था समितिको बैठकमा समेत सांसदहरुले उक्त विषय उठाएपछी बैठकबाटै डिजिटल हाजिरी व्यवस्था गर्ने निर्णय गरिएको हो।
बैठकमा निर्णय भएसंगै अव सांसदहरूको डिजिटल हाजिरी हुने र हाजिरी संसद्को वेबसाइटमार्फत सोही दिन सार्वजनिक पनि गरिने सभामुख देवराज घिमिरेले बताए। ‘संसदमा माननीयहरूको उपस्थिति कमजोर छ। सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ,’ उनले भने, ‘ त्यसैले माननीयज्यूहरूलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँछु। संसद सचिवालयलाई ई हाजिरीको तयारी गर्न निर्देश गर्दछु।’ उनले भने ।
यसअघी सांसदहरूले बैठकस्थल प्रवेश गर्ने स्थानको हाजिरी रजिस्टरमा हस्ताक्षर गरी हाजिरी गर्ने व्यवस्था थियो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar