काठमाडौं– चालू आर्थिक वर्ष २०७९÷८० को ९ महिनामा नेपालबाट ६ करोड ८० लाख ५६ हजार रुपैयाँ बराबरको भ्याक्सिन निर्यात भएको छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि चैत महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको भ्याक्सिन निर्यात भएको हो ।
यस अवधिमा १ लाख ६० हजार २ सय वटा भ्याक्सिन निर्यात भएको तथ्यांकमा उल्लेख छ । यस्तै, यस अवधिमा नेपालबाट १ लाख ३० हजार रुपैयाँ बराबरको २ सय वटा भेटेनरी भ्याक्सिन निर्यात भएको छ ।
नेपालबाट अल्जेरिया र अंगोलामा मानवीय र भेटेनरी भ्याक्सिन निर्यात हुँदै आएको छ । अल्जेरियामा ६ करोड ७९ लाख रुपैयाँको मानवीय भ्याक्सिन निर्यात हुँदा अंगोलामा १ लाख ४ हजार रुपैयाँको मानवीय भ्याक्सिन निर्यात भएको छ ।
नेपालबाट निर्यात भएको सम्पूर्ण भेटेनरी भ्याक्सिन अंगोलामा नै निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar