बेलायत- बेलायतका सम्राट् चाल्र्सको राज्याभिषेक मे ६, २०२३ अर्थात् शनिवार हुनेछ ।
कार्यक्रम लन्डनको ऐतिहासिक शाही क्याथेड्रल वेस्टमिन्स्टर एबेमा हुनेछ । समारोहमा सम्राट् चाल्र्स र उनकी पत्नी रानी क्यामिलालाई राज्याभिषेक गरिनेछ ।
यस कार्यक्रमलाई ‘अपरेसन गोल्डेन ओर्ब’ नाम दिइएको छ । यस दिन के के हुन्छन्, त्यसबारे जानकारी लिऔँ । लन्डनमा स्थानीय समय अनुसार बिहान ११ बजे राज्याभिषेक समारोह सुरु हुनेछ । राजाको शाही जुलुस योभन्दा केही अघि वेस्टमिन्सटर एबेमा पुग्नेछ ।बेलायतको राजाको राज्याभिषेक एक प्रतीकात्मक धार्मिक समारोह हो । यति बेला राजालाई ताज लगाइन्छ । यो प्रतीकात्मक समारोहका बेला सम्राट्को टाउकोमा साँच्चै नै मुकुट राखिएको हुन्छ ।
यस राज्याभिषेकसँगै राजा औपचारिक रूपमा चर्च अफ इङ्गल्यान्डको प्रमुख बन्नेछन् र उनले यससँग सम्बन्धित उपाधिका साथै अधिकार प्राप्त गर्नेछन् ।
एड वर्ड सप्तमले राज्याभिषेक बिना शासन गरे । महारानी एलिजाबेथको मृत्युपछि चाल्र्स स्वतः राजा भएका थिए । यो राज्याभिषेक कार्यक्रम सरकारी हुने भएकाले यसको खर्च बेलायत सरकारले बेहोर्ने छ ।
अहिले जनताले जीवनयापनको चर्को बोझ झेलिरहेका बेला सरकारले संवेदनशीलता देखाएर यो झन्झट घटाउनुपथ््र्याे भन्ने तथ्यलाई लिएर बेलायती सरकारको आलोचना हुनसक्छ ।
तर बेलायती सरकारले सम्राट् चाल्र्सको राज्याभिषेकको यो कार्यक्रमलाई महत्वपूर्ण कूटनीतिक अवसरका रूपमा प्रयोग गरी बेलायतको उज्यालो छवि विश्वसामु प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar