काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेलाई बुधबार साँझ काठमाडौं प्रहरी परिसरको टोलीले पेप्सीकोलाबाट पक्राउ गर्यो ।
नेपालीलाई नक्कली भुटानी शरणर्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा यसअघि सोमबार नै प्रहरीको टोलीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राईलाईसमेत पक्राउ गरेको थियो । सोही प्रकरणमा जोडिएका मोरङ पथरीका केशवप्रसाद दुलाल, ललितपुर महालक्ष्मी – ४ का सानु भण्डारी र पाँचथर फिदिमका टंककुमार गुरुङ, मोरङ पथरी – १० का सागर राई र दाङका सन्देश शर्मा पोखरेललाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनीहरूमाथि प्रहरीले संगठित ठगी मुद्दामा अनुसन्धान अघि बढाएको थियो । पक्राउ परेकाहरूको बयानको आधारमा प्रहरीको अनुसन्धान सचिव पाण्डेसम्म पुगेको हो ।
सोही आधारमा मंगलबार नै सचिव पाण्डेलाई अदालतबाट पक्राउ गर्ने अनुमति प्रहरीले पाएको थियो । पक्राउ पुर्जी पाएलगत्तै प्रहरी पाण्डेको खोजीमा लागेको थियो । तर, पाण्डेले आफूविरुद्ध अदालतले पक्राउ पुर्जी जारी भएको सूचना पाए भने त्यस लगत्तै उनी काठमाडौं पेस्सिकोलास्थित आफ्नो घर छोडेर भक्तपुर साँगास्थित आशापुरी रिसोर्टमा बस्न पुगेका थिए । तर मंगलबार राति नै प्रहरीले पक्राउ गर्ने थाहा पाएपछी उनी घर छाडेर भागेका थिए । बुधबार प्रहरीले पाण्डेलाई सोही रिसोर्टबाटै पक्राउ गर्यो ।
पाण्डे बा ६ च ८०९१ नम्बरको निजी कार लिएर घरबाट निस्केका थिए । सोही कारसहित प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो । पक्रउ लगत्तै पाण्डेलाई
थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पहिलो पटकलाई तीन दिनको म्याद दिएको छ । प्रहरीले पाण्डेलाई प्रहरी वृत्त सिंह दरबारको थुनामा राखेर अनुसन्धान अघि बढाएको छ । तर प्रहरीको गाडीले आफुलाई घेरेलगत्तै पाण्डेले आफ्नो मोबाइल फर्म्याट गरेका थिए । यद्धपी अहिले उक्त मोवाईल रिकभर गरी थप अनुसन्धान गर्ने तयारी गरेको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar