भैरहवा – नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा प्रहरीले रायमाझीलाई बिहीबार विहान भैरहवाबाटै पक्राउ गरेको हो ।
रायमाझी पक्राउ परेकोबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक भने गरेको छैन । रायमाझीलाई पक्राउ गरिएपनी रुपन्देही प्रहरीले आफूहरूलाई जानकारी नभएको प्रक्रिया दिएको छ । यद्धपी तर प्रहरीको गोप्य स्रोतले दिएको जानकारी अनुसार रायमाझी बिहीबार बिहानै घरबाटै पक्राउ परेका हुन् ।
रायमाझीका छोरा सन्दीपलाई हिजो बुधबार साँझ बुटवलबाट पक्राउ गरिएको थियो । रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । रायमाझी बाबुछोरालाई काठमाडौँबाट आएको प्रहरीको विशेष टोलीको समन्वयमा पक्राउ गरेको हो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar