काठमाडौं – रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरिया जाँदा तोकिएभन्दा बढी रकम लिनेहरुबीरुद्ध उजुरी गर्न आह्वान गरिएको छ ।
युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिले सूचना जारी गर्दै सरकारसँग भएको सम्झौता अनुसार यसअघी कोरिया जाँदा तोकिएभन्दा बढी रकम लिनेहरुबीरुद्ध उजुरी गर्न र अव जानेहरुले तोकिएको भाडा तिरेर मात्र कोरिया जान अनुरोध गरेको हो । ईपीएसमार्फत कोरिया जाँदा तोकिए बमोजिमको मूल्यमामात्रै हवाई टिक लिन पनि सूचित गरिएको छ ।
गत माघ तीन गते वैदेशिक रोजगार विभागको ईपीएस शाखा र युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिबीच भएको सम्झौता अनुसार ८९५ अमेरिकी डलर भाडा निर्धारण गरिएको छ । सोही अनुसार राष्ट्र बैंकको प्रचलित विनिमयदरबमोजिम हुन आउने रकम सौझै तोकिएको बैंक खातामा जम्मा गरी टिकट लिन अनुरोध गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar