काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्
रास्वपा केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । केहिबेरअघी प्रधानमन्त्री निवास बालुवाटार गएर लामिछानेले प्रचण्डसँग भेटवार्ता गरेको र भेटमा प्रधानमन्त्रीले उपनिर्वाचनबाट सांसद पदमा निर्वाचित भएकोमा लामिछानेलाई बधाइ दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भने, ‘निर्वाचित भएलगत्तै टेलिफोनबाट बधाई दिनुभएको थियो, आज भेटेरै बधाई दिनुभयो ।’ रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेको बेला बस्न लागेको रास्वपाको केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।
रास्वपाको केन्द्रीय समितिको बैठकमा समसामयिक एजेण्डामा छलफल हुने सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar