पोखरा – गण्डकी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।
आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८९२० अनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेतृत्वको सरकार शनिबार नै ढलेको थियो । तर माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले पहिलो पालोमा आफू मुख्यमन्त्री हुनुपर्ने अडान राखेपछि नयाँ सरकार गठनमा विलम्ब भएको थियो । तनहुँ – १ मा १० वैशाखमा उपचुनाव थियो, चुमान पनि त्यही क्षेत्रबाट प्रदेशसभा सदस्य चुनिएका थिए ।
त्यसैले मुख्यमन्त्रीमा आलोपालो गर्न कांग्रेस तयार भयो । तर पहिलो पालोमा को भन्ने विवाद नटुंगिदा बिहीबार अपरान्ह मात्र मुख्यमन्त्री नियुक्ति हुन सक्यो । सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिएको ३ दिनको समय सकिनै लाग्दा पनि चुमानले पहिला आफू मुख्यमन्त्री हुनुपर्ने अडान छाडेका थिएनन् । माओवादी संसदीय दलका नेता चुमानले केन्द्रको निर्देशन नआएको भन्दै कुनै छलफल र बैठकमा भाग लिएका थिएनन् ।
र तनहुँ – १ को उपचुनावमा कांग्रेस उम्मेदवार गोविन्द भट्टराई पराजित भएपछि माओवादी गल्यो । दुई दलका शीर्ष नेताहरुको रोहबरमा काठमाडौंमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै पहिलो पालोमा कांग्रेस नेता पाण्डे नै मुख्यमन्त्री हुने बताएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar